ad ad

ग्लोबल


इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या २२ सय नाघ्यो, मृतकमध्ये ७२४ बालबालिका

इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या २२ सय नाघ्यो, मृतकमध्ये ७२४ बालबालिका

नेपालखबर
असोज २७, २०८० शनिबार १७:५४,

इजरायलको हवाई आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या २२ सय नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २ हजार २१५ जनाको मृत्यु भएको छ।

मारिनेहरुमध्ये ७२४ जना बालबालिका छन्। 

बमबर्साबाट ८ हजार ७१४ घाइते भएको जनाइएको छ। तर, गाजामा घाइतेहरुको राम्रो उपचारको व्यवस्था पनि छैन।

इजरायलले कयौँ अस्पतालहरुमा बम खसाएको छ भने केही अस्पताल खाली गर्न आदेश दिएको छ।

त्यसमाथि नाकाबन्दीका कारण औषधि, बिजुली र इन्धनको अभाव हुन थालेको छ।

इजरायलले उत्तरी गाजाका दस लाख बढी जनालाई दक्षिणतिर सर्न २४ घण्टे अल्टिमेटम दिएको थियो। त्यसपछि पैदल बाहिर निस्केका मानिसहरुमाथि पनि पटकपटक हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तरतिरबाट दक्षिणतर्फ सरेका मानिसहरुलाई दक्षिणी गाजाका मानिसहरुले आआफ्नो घरमा स्वागत गरेका छन्। खान युनिस र राफाजस्ता स्थानका हरेक अपार्टमेन्टमा २५–३० मानिस बस्न थालेको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .