ad ad

ग्लोबल


क्यानडाले भारतबाट एकैपटक फिर्ता बोलायो ४१ कूटनीतिज्ञ

क्यानडाले भारतबाट एकैपटक फिर्ता बोलायो ४१ कूटनीतिज्ञ

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १२:२९, काठमाडौँ

क्यानडा र भारतबीच जारी कूटनीतिक विवादका क्रममा क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतले केही क्यानाडाली कूटनीतिज्ञको सुरक्षा फिर्ता लिने भनेपछि क्यानडाले आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो। 

समाचार एजेन्सी एएनआईका अनुसार क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘अहिलेका लागि म के पुष्टि गर्नसक्छु भने भारतले २१ क्यानाडाली कूटनीतिज्ञबाहेक सबैको सुरक्षा हटाउने कुरा गरेको छ।’ 

खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक विवाद जारी छ। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको संसद्‌मा निज्जरको हत्यामा भारतको हात हुनसक्ने आशंका व्यक्त गरेका थिए।

भारतले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुकको कुरा भनेको छ।

त्यसपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो।

यस क्रममा दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरिसकेका छन्। भारतले क्यानाडाली नागरिकका लागि भिजा सेवा पनि बन्द गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .