अमेरिकाको रक्षा विभागले गत हप्ता इराक र सिरियामा रहेका आफ्ना सैन्य आधार शिविरमा भएका ड्रोन आक्रमणमा २० भन्दा बढी सैनिक घाइते भएको जनाएको छ।
इजरायल–हमास द्वन्द्वका बीच मध्यपूर्वमा तनाव बढेको छ। यस क्षेत्रमा अमेरिकी विमानवाहक जहाज पनि तैनाथ छन्।
पेन्टागनका प्रवक्ता प्याट्रिक राइडरले अमेरिकी सेनाविरुद्ध ड्रोन र रकेटले १२ पटक आक्रमण गरेको बताएका छन्। यस्ता घटनाले मध्यपूर्व क्षेत्रमा तनाव बढ्न सक्ने चेतावनी पनि दिएका छन्।
राइडरले भनेका छन्, ‘अमेरिकी सेनासँग आत्मरक्षाका लागि जवाफी कारबाही गर्ने अधिकार छ।’
उनले आवश्यक परे अमेरिकी सेनाले निर्णायक जवाफ दिने चेतावनी पनि दिएका छन्।
राइडरले यी आक्रमणको पछाडि इरान समर्थित समूह रहेको आरोप लगाएका छन्। इजरायल–हमास द्वन्द्वका बीच इरान–समर्थित शिया मिलिसियाले हालैका दिनमा इराक र सिरियामा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाइने चेतावनी दिएका थिए। बीबीसी
Shares
प्रतिक्रिया