ad ad

ग्लोबल


गाजामा मारिएका प्यालेस्टाइनीको तथ्यांकमा विश्वास छैन : अमेरिकी राष्ट्रपति बाइडेन

गाजामा मारिएका प्यालेस्टाइनीको तथ्यांकमा विश्वास छैन : अमेरिकी राष्ट्रपति बाइडेन

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ९:५५, काठमाडौँ

एक पत्रकार सम्मेलनमार्फत बाइडेनले प्यालेस्टाइनीहरूले गाजाको आक्रमणमा मारिएका मानिसहरूको संख्याबारे सत्य बोलेको भन्नेमा आफू विश्वस्त नभएको बताएका छन्। 

‘मलाई लाग्दैन कि प्यालेस्टाइनीहरूले आक्रमणमा मारिएका मानिसहरूको संख्याको बारेमा सत्य बोलिरहेका छन्,’ बाइडेनले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘इजरायलीहरूले यो युद्ध सुरु गर्नेहरू मात्र लक्षित छन् भनेर सुनिश्चित गर्न सावधान हुनुहपर्छ।’

उनले त्यसो हुन नसक्दा इजरायलीहरूको हित विरुद्ध हुने पनि बताएका छन्। 

‘प्यालेस्टाइनीहरूले दिएको तथ्यांकमा मलाई विश्वास छैन,’ बाइडेनले भनेका छन्। 

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजयराली आक्रमणमा ६ हजार ५ सय प्यालेस्टाइनी मारिएको तथ्यांक सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .