ad ad

ग्लोबल


टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सिधा उडान सुरु

टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सिधा उडान सुरु

नेपालखबर
कात्तिक १३, २०८० सोमबार २०:३०, काठमाडौँ

टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान सुरु गरेको छ।

विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का यडान सेवा सञ्चालनमा ल्याएको हो।

टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए।

सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलङ्का आइपुग्ने उनले बताए। उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए।

श्रीलङ्काका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए।

श्रीलङ्काको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो। सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .