चिनियाँ राष्ट्रपति सी चिनफिङले सरकारी अधिकारीहरुलाई छायाले पछ्याइरहेको महसुस गराउन मुलुकका लेखापरीक्षकहरुलाई निर्देशन दिएका छन्।
सेन्ट्रल अडिटिङ कमिसनका अधिकारीहरुसँगको बैठकमा सीले यस्तो निर्देशन दिएका हुन्।
मे महिनामा उनले दिएको निर्देशन अहिले पार्टीको एक जर्नलमा प्रकाशित भएको हो।
‘लेखापरीक्षणका लक्षितहरुले आफूलाई छायाले पछ्याइरहेको जस्तो महसुस गर्नुपर्छ। हरेक समय कसैले आफूलाई पछाडिबाट नियालिरहेको छ भन्ने महसुस गर्नुपर्छ,’ सीले भने।
सीले लेखापरीक्षकहरुलाई वित्त, मौद्रिक नीति, उद्योग, प्रविधि र सामाजिक मामिलामा ध्यान केन्द्रित गर्न भनेका छन्।
चीनले नेसनल अडिट अफिसले १९८३ देखि काम गर्दै आएको छ। हाल सीले नयाँ लेखापरीक्षक आयोग पनि गठन गरेका छन्। एजेन्सी
63
Shares
प्रतिक्रिया