ad ad

ग्लोबल


आफ्नो खर्चमा क्षेत्रीय समस्याको समाधान स्वीकार्य नभएको इजिप्टको स्पष्टोक्ति

आफ्नो खर्चमा क्षेत्रीय समस्याको समाधान स्वीकार्य नभएको इजिप्टको स्पष्टोक्ति

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:३,

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौलीले इजिप्टले आफ्नो खर्चमा क्षेत्रीय समस्याको कुनै पनि समाधान स्वीकार नगर्ने बताएका छन्।

उत्तरी सिनाइको अल आरिस सहरमा जनजातिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्।

उनले इजिप्टले प्यालेस्टाइन-इजरायल द्वन्द्वलाई इजिप्टको खर्चमा वा अन्य देशको खर्चमा विस्तार गर्न अनुमति नदिने बताए।

दुई राज्यले युद्ध रोकेर आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, इजिप्टयन सूचना सेवाका प्रमुख दिया रश्वानले इजिप्टले अहिले दुवै देशसँग युद्धविराम गर्न आह्वान गरेको बताए।

उनले इजिप्ट १६ वर्षदेखि घेराबन्दीमा रहेका प्यालेस्टिनी जनताको सहायताको लागि खुला रहेको बताए।

उनले पछिल्लो समय इजिप्ट र गाजापट्टीबीचको सिमानाको भ्रमण गरेका थिए।

अहिलेसम्म राहत सामग्री बोकेका २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेको रश्वानाले बताए। –सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .