भारतको उत्तराखण्ड राज्यको एक सुरुङमा फसेका ४० कामदारको उद्धार प्रयास जारी छ। पहिरोका कारण सडकका लागि सुरुङ बनाइरहेका ती कामदार आइतबार थुनिएका थिए।
उनीहरुसँग अहिले सम्पर्क स्थापित भएको र अक्सिजन र खाना उपलब्ध गराइएको एक अधिकारीले बताए।
तर, उनीहरुलाई निकाल्न अझै कयौँ मिटर खन्न बाँकी छ।
आइतबार सबेरै सिल्कयारा सुरुङमा सो दुर्घटना भएका थियो। सुरुङको मुखभन्दा करिब २०० मिटर भित्र उनीहरु थुनिएका थिए।
हाल पानी आपूर्ति गर्न पाइप बिछ्याइएको बताइएको छ। एजेन्सी
207
Shares
प्रतिक्रिया