जारी विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेसँगै पाकिस्तानको कप्तान परिवर्तन गरिएको छ।
भारतमा जारी एक दिवशीय विश्वकप क्रिकेटमा अन्तिम ४ मा अटाउन नसकेपछि पाकिस्तानका कप्तान बाबर आजमले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै पाकिस्तान क्रिकेट बोर्डले टी–२० र टेस्टका लागि छुट्टा छुट्टै कप्तान नियुक्त गरेको हो।
टी–२० का लागि शाहिन शाह अफ्रिदीलाई र टेस्ट खेलका लागि शान मसुदलाई कप्तानको जिम्मेवारी दिइएको छ। तत्काल एक दिवशीय क्रिकेटका खेल नरहेकाले एक दिवसीय टोलीका लागि भने कप्तान तोकिएको छैन।
पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले दिए राजीनामा
२३ वर्षीय अफ्रिदीले अब अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। जुन २०२४ मा विश्वकप क्रिकेट सुरु हुनेछ।
यसअघि उनले पाकिस्तान सुपर लिगमा भने कलन्दर्सबाट कप्तानी गरिसकेका छन्।
पाकिस्तानले विश्वकप अघि टेस्ट खेल्नेछ। अस्ट्रेलियामा पाँचवटा टेस्ट खेल्ने तय भइसकेको छ।
जुन खेलमा १० वर्ष पहिले पाकिस्तानी टोलिमा परेका मसुदले टोलिको नेतृत्व गर्नेछन्। बिचमा टोलीमा नपरेका मसुदले टोलिमा फर्किएसँगै महत्वपुर्ण जिम्मेवारी पनि पाएका हुन्।
Shares
प्रतिक्रिया