शनिबार रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको त्यहाँका मेयरले जनाएका छन्।
उज्यालो हुनुअघिदेखि सुरु भएको विस्फोटको आवाज ६ घण्टासम्म आएको स्थानीयको भनाइ छ।
उत्तर र पूर्वतर्फबाट भएको ड्रोन आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको बताइएको छ।
७५ वटा इरानमा निर्मित साहिद ड्रोन प्रहार भएकोमा ७४ वटालाई निस्फल पारिएको अधिकारीहरुले जनाएका छन्।
यी आक्रमणहरुमा पाँच जना घाइते भएको किभका मेयर भिताली क्लिच्कोले बताए। एजेन्सी
114
Shares
प्रतिक्रिया