ad ad

ग्लोबल


इरानी राष्ट्रपतिलाई मस्को डाकेर साउदी अरब र यूएई भ्रमणमा निस्किए पुटिन

इरानी राष्ट्रपतिलाई मस्को डाकेर साउदी अरब र यूएई भ्रमणमा निस्किए पुटिन

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १४:२०, काठमाडौँ

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बुधवार साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) को एक दिने औपचारिक भ्रमणमा निस्किएका छन्।

पुटिनको यो भ्रमणलाई अहम् मानिएको छ। २ वर्षअघि युक्रेनसँगको युद्ध सुरु गरेयता पुटिन विरलै विदेश यात्रामा निस्किएका छन्। 

अमेरिकासहित पश्चिममा शक्तिको पकडबाट मध्यपूर्व गुमिरहेको चर्चाबीच आफ्ना महत्वपूर्ण व्यापारिक साझेदारलाई भेट्न पुटिन निस्किएका हुन्। 

पुटिनको यो भ्रमण यस्तो समयमा हुँदैछ जुन बेला मध्यपूर्वमा जारी संघर्षबीच रुसले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संकेत दिइसकेको छ। 

समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले यस भ्रमणबाट फर्किएपछि पुटिनले इरानी राष्ट्रपतिसँग पनि वार्ता गर्दैछन्। 

रूसी राष्ट्रपतिको यस भ्रमणलाई तेल उत्पादक देशहरूसँग अहम रणनीतिक साझेदारी बढाउने कोसिसका रुपमा हेरिएको छ।

ब्लुमबर्गले जनाएअनुसार पुटिन आफ्नो यस यात्राका क्रममा ब्यापार र लगानीका साथै इजरायल-प्यालेस्टाइन युद्धबारे पनि कुरा गर्ने तयारीमा छन्।

मध्यपूर्वबाट फर्किएपछि पुटिनले मस्कोमा इरानका राष्ट्रपति इब्राहिम रईसीलाई स्वागत गर्नेछन्। रईसी पुटिनको निम्तोमा रसिया पुग्ने क्रममा छन्। 

रूसका राष्ट्रपतिले यसै वर्ष मार्चमा इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेयता कुनै पनि देशको भ्रमण गरेका छैनन्।

यूएई र साउदी अरब दुवै आईसीसीको सन्धिमा हस्ताक्षर नगरेका देश हुन्। यसको अर्थ के हो भने पुटिनलाई यी दुई देशमा जाँदा गिरफ्तारीको कुनै जोखिम छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .