अफगानिस्तानलाई उछिनेर म्यानमार विश्वको सबैभन्दा धेरै अफिम उत्पादन गर्ने मुलुक बनेको राष्ट्रसंघको नयाँ रिपोर्टले जनाएको छ।
तालिबानले २०२२ मा प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा अफिम खेती ९५ प्रतिशतले घटेको यूएन अफिस अन ड्रग्स एन्ड क्राइमले मंगलबार बताएको छ।
त्यसपछि अफिमको खेती म्यानमारतिर सरेको सो रिपोर्टमा उल्लेख छ। २०२१ मा सैन्य कूपछि सुरु भएको गृहयुद्धका कारण म्यानमारमा चरम राजनीतिक अस्थिरता छ।
लाओस र थाइल्यान्डसँग सीमा जोडिएको म्यानमारको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि अफिम र हेरोइन उत्पादन हुने गरेको छ।
गत वर्षको तुलनामा यो वर्ष अफिम खेती हुने जमिनको मात्रा १८ प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ। एजेन्सी
42
Shares
प्रतिक्रिया