ad ad

ग्लोबल


हार्वर्ड युनिभर्सिटीकी अध्यक्षलाई बौद्धिक चोरीको आरोप

हार्वर्ड युनिभर्सिटीकी अध्यक्षलाई बौद्धिक चोरीको आरोप

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १९:५०,

हार्वर्ड युनिभर्सिटीकी अध्यक्ष क्लुडिन गेमाथि बौद्धिक चोरीको आरोप लागेको छ। 

आइतबार साँझ दक्षिणपन्थी खेमाको म्यानहटन इन्स्टिच्युटका क्रिस्टोफर रुफोले सामाजिक सञ्जालमार्फत गेले १९९७ को पीएचडी थेसिसमा चोरी गरेको आरोप लगाएका थिए।

त्यसपछि केही सञ्चारमाध्यमले पनि उनले चार वटा पेपरमा बौद्धिक चोरी गरेको उल्लेख गर्दै समाचार छापेका थिए।

सो आरोपको गेले खण्डन गरेकी छन्।

उनका थेसिस एड्भाइजर ग्यारी किङले पनि सो आरोपलाई हास्यास्पद भनेका छन्। 

विवादहरुबाट घेरिएकै बेला गेमाथि यस्तो आरोप लागेको हो। उनी गतसाता अमेरिकी युनिभर्सिटीहरुमा यहुदी घृणाका विषयमा संसदीय समितिको सुनुवाइमा सहभागी भएकी थिइन्।  

यहुदीहरुको नरसंहारको आह्वानले हार्वर्डको अचारसंहिता उल्लंघन गर्छ कि गर्दैन भन्ने सांसदहरुको प्रश्नमा उनीसहित अन्य युनिभर्सिटीका प्रमुखहरुले स्पष्ट जवाफ दिन सकेका थिएनन्। 

त्यसपछि कतिपयले उनको राजीनामा माग गरेका थिए। तर, ७ सयभन्दा धेरै हार्वर्ड फ्याकल्टी मेम्बरहरुले उनलाई समर्थन गर्ने घोषणा गरेका थिए।

मंगलबार हार्वर्डको बोर्डले एकमतले उनलाई साथ दिने निर्णय गरेको छ। त्यसैले उनी पदमा कायम रहने बताइएको छ।

गे गत जुलाईमा मात्र हार्वर्ड अध्यक्ष नियुक्त भएकी थिइन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .