बेलायतका एक बालक हराएको ६ वर्षपछि फेला परेका छन्। ११ वर्षको उमेरमा एलेक्स ब्याटी स्पेनबाट सम्पर्कविहीन भएका थिए।
हाल उनी फ्रान्सको तुलज सहरनजिकै फेला परेका हुन्।
आमा र हजुरबासँग ती बालक सन् २०१७ मा स्पेनमा बिदा मनाउन गएका थिए। तर, उनकी आमासँग वैधानिक अभिभावकत्व थिएन।
उनको वैधानिक अभिभावक उनकी हजुरआमा हुन्। उनले एलेक्ससँग कुरा गरिसकेको बताएकी छन्।
अहिले बेलायती अधिकारीहरुले फ्रान्सले अधिकारीसँग यसबारे छलफल गर्न सम्पर्क स्थापित गरेका छन्। एजेन्सी
816
Shares
प्रतिक्रिया