ad ad

ग्लोबल


फोन ह्याकिङ मुद्दामा राजकुमार ह्यारीको पक्षमा फैसला, १ लाख ४० हजार पाउन्ड क्षतिपूर्ति भराइने

फोन ह्याकिङ मुद्दामा राजकुमार ह्यारीको पक्षमा फैसला, १ लाख ४० हजार पाउन्ड क्षतिपूर्ति भराइने

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १९:५७,

बेलायतको एक उच्च अदालतले फोन ह्याकिङमा बेलायती पत्रिका प्रकाशक मिरर ग्रुप न्युजपेपर्सको संलग्नताका विषयमा राजकुमारी ह्यारीको पक्षमा फैसला दिएको छ। 

यससँगै ह्यारीलाई १ लाख ४० हजार ६ सय पाउन्ड क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेको छ।

ह्यारीको विषयमा सो प्रकाशक अन्तर्गतका विभिन्न पत्रिकामा प्रकाशित १५ वटा आलेख ह्याकिङजस्ता अवैध सूचना संकलन विधिमा आधारित रहेको अदालतको ठहर छ। ह्यारीले ३३ वटा आलेख ह्याकिङमा आधारित भएको भन्दै मुद्दा हालेका थिए।

सो ग्रुपले द डेली मिरर, द सन्डे मिरर र सन्डे पिपुल नामका पत्रिका प्रकाशित गर्छ। 

यो घटना २००६ देखि २०११ सम्म भएको थियो।

राजकुमार ह्यारीले सत्य र जिम्मेवारीका लागि गतिलो दिन भएको भन्दै फैसलाको स्वागत गरेका छन्। 

न्यायाधीशले फैसलामा ती पत्रिकाहरुले १९९६ देखि फोन ह्याकिङ सुरु गरेको बताएको छ। सो प्रकाशकले माफी पनि मागेको छ। 

यही मुद्दाका विषयमा ह्यारीले गत जुनमा अदालतमा उपस्थित भएर बयान दिएका थिए। बेलायतको इतिहासमा राजपरिवारका सदस्य १३० वर्षमा पहिलो पटक अदालतमा उपस्थित भएका हुन्।

ह्यारीले बेलायतका कयौँ पत्रिका प्रकाशकलाई मुद्दा हालेका छन्। यसका अलावा रुपर्ट मर्डोकको द सन पत्रिकाको प्रकाशक न्युजग्रुप न्युजपेपर (एनजीएन), डेली मेलको प्रकाशक एसोसियटेड न्युजपेपर्स लिमिटेड मुद्दा हालेका छन्। 

एनजीएनले प्रकाशन गर्ने गरेको न्युज अफ दि वर्ल्ड पत्रिका फोन ह्याकिङकै काण्डकै कारण २०११ मा बन्द गरिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .