ad ad

ग्लोबल


अमेरिकी सेनाको मूल्यांकन : थप सहयोग नपाए गर्मीसम्ममै हार्न सक्छ युक्रेन

अमेरिकी सेनाको मूल्यांकन : थप सहयोग नपाए गर्मीसम्ममै हार्न सक्छ युक्रेन

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार २०:२४,

युक्रेनलाई अमेरिकाबाट प्राप्त हुँदै आएको सहयोग अहिले रोकिएको छ। रिपब्लिकन सांसदहरुले थप ६१ अर्ब डलर युक्रेनलाई दिने विषयमा सर्त राखेपछि सो सहयोग अनुमोदन हुन सकेको छैन।

उता युरोपेली युनियनले दिन खोजेको ५० अर्ब डलर रकम पनि रोक्ने पक्षमा हंगेरी उभिएको छ।

यस्तो बेला अमेरिकी अधिकारीहरु पश्चिमा सहयोग रोकिँदा युक्रेनलाई कस्तो असर पर्ला भनेर मूल्यांकन गरिरहेका छन्।

‘हाम्रो साथमा पनि सफलताको ग्यारेन्टी छैन। तर, हामीबिना उनीहरु असफल हुने निश्चित छ,’ एक अमेरिकी सैन्य अधिकारीले भने।

अमेरिकी सहयोग प्राप्त हुँदाहुँदै पनि युक्रेनी सेना रुसविरुद्धको प्रत्याक्रमणलाई अघि बढाउन असफल रह्यो। अहिले पश्चिमा गुप्तचर एजेन्सीहरु अमेरिका र नेटोको सहयोगबिना युक्रेन कति समय टिक्ला भनेर हिसाब गरिरहेका छन्। 

एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले सबैभन्दा खराब परिदृश्यमा युक्रेनले केही महिनामै ठूलो असफलता सामना गर्नुपर्ने वा गर्मीसम्ममा पराजय बेहोर्नसक्ने बताए।

अमेरिकी वा पश्चिमा सहयोगबिना युक्रेनको सबैभन्दा पहिले लामो दुरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र रित्तिने पश्चिमा अधिकारीहरुको विश्लेषण छ। त्यसपछि हवाई प्रतिरक्षा क्षेप्यास्त्र, तोपका गोला र ज्याभलिन अनि स्टिंगरजस्ता छोटो दुरीमा ट्यांक र विमानमा प्रहार गर्ने क्षेप्यास्त्र रित्तिने उनीहरुको भनाइ छ।

अमेरिकाको सहयोग रोकिँदा अन्य सहयोगीले पनि रोक्ने चिन्ता पश्चिमा अधिकारीहरुमा छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .