ad ad

ग्लोबल


पुटिनको चेतावनी : फिनल्यान्डलाई घिसारेर नेटोमा लगियो, समस्या आउन सक्छ

पुटिनको चेतावनी : फिनल्यान्डलाई घिसारेर नेटोमा लगियो, समस्या आउन सक्छ

नेपालखबर
पुस २, २०८० सोमबार १९:४२,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी फिनल्यान्डलाई पश्चिमा शक्तिले घिसारेर नेटोमा प्रवेश गराएको टिप्पणी गरेका छन्। उनले यसबाट समस्या निम्तिन सक्ने पनि बताए।

यही वर्षको अप्रिलमा फिनल्यान्ड नेटोको ३१ औँ सदस्य बनेको थियो। जसले उत्तरी युरोपको सुरक्षा परिदृश्यमा ठूलो परिवर्तन ल्याएको थियो। यससँगै रुसको थप १३ सय किमि सीमा क्षेत्र नेटोसँग जोडिएको थियो।

‘उनीहरुले फिनल्यान्ड घिसारेर नेटोमा लगे। नेटोसँग हाम्रो विवाद किन हुनु? जे विवाद थियो, २० औँ शताब्दीको मध्यमा त्यो धेरै पहिले समाधान भइसक्यो,’ पुटिनले सरकारी टीभीमा आइतबार प्रसारित अन्तर्वार्तामा भनेका छन्, ‘कुनै समस्या थिएन। तर, अब समस्या हुनेछ। किनभने अब हामी लेनिनग्राद मिलिट्री डिस्ट्रिक्ट बनाएर त्यहाँ सेना तैनाथ गर्नेछौँ।’

यही महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले युक्रेन जिते युद्ध अघि बढाउँदै लैजाने बताएका थिए। त्यसलाई बकवास भन्दै पुटिनले खारेज गरे।

‘नेटो मुलुकसँग लड्नुपर्ने कुनै कारण, कुनै चाहना, कुनै भूराजनीतिक स्वार्थ, आर्थिक होस् वा राजनीतिक वा सैन्य, केही छैन,’ उनले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .