ad ad

ग्लोबल


सीले बाइडेनलाई सीधै भनेका थिए : ताइवानलाई चीनमा मिलाइछाड्छौँ, समय तोकेको छैन

सीले बाइडेनलाई सीधै भनेका थिए : ताइवानलाई चीनमा मिलाइछाड्छौँ, समय तोकेको छैन

नेपालखबर
पुस ४, २०८० बुधबार २०:१५,

हालैको अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले ताइवानलाई मुख्यभूमिसँग पुनर्एकीकरण गरिछाड्ने बताएको खुलासा भएको छ।

तर, एकीकरणको समय भने निर्धारण गरिनसकेको उनले बताएका थिए।

सी र बाइडेनबीच सान फ्रान्सिस्कोमा गत महिना शिखर वार्ता भएको थियो। 

एनबीसी न्युजले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार त्यतिबेला सी र बाइडेन करिब एक दर्जन अमेरिकी र चिनियाँ अधिकारीहरु सहित बैठकमा थिए। त्यहीबेला सीले बाइडेनलाई ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा मिसाउनु आफूहरुको प्राथमिकता भएको बताएका थिए।

केही अमेरिकी अधिकारी तथा विश्लेषकहरुले सीले ताइवानलाई २०२५ वा २०२७ मा कब्जा गर्ने आकलन व्यक्त गर्दै आएका थिए। सीले बाइडेनलाई ती आकलन गलत भएको र आफूले त्यो समय निर्धारण गरिनसकेको बताएका थिए।

सो भेटअघि नै चिनियाँ अधिकारीहरुले बैठकपछि बाइडेनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगरी चीनको शान्तिपूर्ण एकीकरणलाई समर्थन गर्नुपर्ने माग राखेका थिए। जसलाई ह्वाइट हाउसले अस्वीकार गरेको थियो।

सीले सार्वजनिक रुपमै ताइवानलाई चीनमा मिलाइछाड्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .