ad ad

ग्लोबल


चीनले यो वर्ष तिब्बतको पूर्वाधार निर्माणमा ११ अर्ब डलर खर्च गर्ने, १० नयाँ विमानस्थल बनाउने

चीनले यो वर्ष तिब्बतको पूर्वाधार निर्माणमा ११ अर्ब डलर खर्च गर्ने, १० नयाँ विमानस्थल बनाउने

ल्हासास्थित गोंगर विमानस्थलको एक टर्मिनल


नेपालखबर
पुस २४, २०८० मंगलबार १७:५१,

चीनले २०२४ मा तिब्बत (सिजाङ स्वशासित क्षेत्र) को विकासमा ११.२६ अर्ब डलर खर्च गर्ने भएको छ। सो क्षेत्रको सरकार प्रमुख यान चिनहाइले आइतबार एक रिपोर्ट पेस गर्दै यस्तो जानकारी दिएका हुन्

यो रकम तिब्बतको गत वर्षको जीडीपीको एक तिहाई हो।

सो रकम तिब्बतको पूर्वाधार क्षेत्र, रेलमार्ग, सडक, विमानस्थल, आदि निर्माणमा खर्च गर्ने उनले बताए।

यानले तिब्बतमा १० वटा विमानस्थल निर्माण गरिने बताए। जसमा केहीको निर्माण कार्य चलिरहेको र केहीको निर्माणकार्य यसै वर्ष सुरु हुने उनको भनाइ छ।

चीनले तिब्बतको पूर्वाधार विकासलाई आन्तरिक विकास र बाह्य सुरक्षा दुवैको हिसाबले महत्वपूर्ण मानेको छ।

पूर्वाधारमा ठूलो लगानी गरेकैले गएका कयौँ देशदेखि यो क्षेत्रको जीडीपी वृद्धि भइरहेको छ। गत वर्ष यसको जीडीपी ३२.३८ अर्ब डलर थियो।

२०२४ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हुने यानले बताए।

पछिल्लो समय चीनले सीमान्त क्षेत्रको विकासमा ज्यादा लगानी गर्दै आएको छ। तिब्बत र सिन्जियाङ लगायतमा उसले लगानीको परिमाणमा ह्वात्तै वृद्धि गरेको छ।

तिब्बतलाई सुरक्षाका दृष्टिकोणले चीनले सधैँ महत्व दिँदै आएको छ। तर, पछिल्लो लगानीलाई भारतसँग सीमाक्षेत्रमा बढेको तनावसँग गाँसेर हेरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .