ad ad

कारोबार


चिनियाँ लगानीका आयोजनाको बिजुली किन्न भारत असहमत छ : प्रधानमन्त्री

चिनियाँ लगानीका आयोजनाको बिजुली किन्न भारत असहमत छ : प्रधानमन्त्री

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस २५, २०८० बुधबार १३:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको प्रत्यक्ष लगानीमा नेपालमा बनेका जलविद्युत् आयोजनाको बिजुली किन्ने कुरामा भारतको असहमति रहेको बताएका छन्।

सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

साताअघि भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएका बेलामा भएको नेपाल—भारत १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौताका समयमा पनि यो कुरा उठेको दाहालले बताए।

 भारतले चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली किन्ने कुरामा जयशंकरको भ्रमणका बेला पनि रिजर्भेसन राखेको उनले बताए। 
 
‘मेरो भ्रमणका बेला आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लाने सहमति भएको थियो। भारत सरकारको मन्त्रिपरिषद्‍बाट अनुमोदन हुनु पर्ने थियो। त्यो भएर अब यसले नेपाल-भारत व्यापारको ढोका खुलेको छ’, उनले भने, ‘अहिले भएको सम्झौतामा भारतले मात्रै बनाउने आयोजनाको बिजुली लाने भन्ने केही उल्लेख छैन। नेपालमा भारतसहित सबैले बिजुली विकास गर्न पाउँछन्।’ 

तर प्रधानमन्त्री दाहालले चीन सरकारको प्रत्यक्ष लगानी रहेका आयोजनाका बिजुली नकिन्ने कुरामा भारत सरकारको चासो रहेको बताए। ‘चीन सरकारको प्रत्यक्ष लगानीको बिजुली लिने कुरामा भारत सरकारको रिजर्भेसन छ’, उनले भने, ‘चीनले प्रत्यक्ष लगानी गरेका आयोजनाको बिजुली किन्न भारत असहमत भएकाले यसबारे हामी वार्ता गर्दैछौँ।’ 

दाहालले चिनियाँ ठेकेदारले उत्पादन गरेको बिजुलीलाई चिनियाँ भन्निदिनु भएन भनेर आफूहरूले आग्रह गरिरहेको पनि बताए। ‘ग्लोबल टेन्डरबाट निर्माण हुने आयोजनालाई चिनियाँ  भन्नु राम्रो होइन। टेन्डरबाट चिनियाँ ठेकेदार कम्पनीले आयोजना लिएर बनाउने हुन्’, उनले भने, ‘त्यहाँ चीनको प्रत्यक्ष लगानी छ भन्नु हुँदैन। यसबारेमा हामी भारत सरकारलाई मनाउने कोसिसमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .