ad ad

ग्लोबल


कृषि उत्पादन निर्यातबाट कम्बोडियाले संकलन गर्‍यो ४.३ बिलियन डलर राजस्व

कृषि उत्पादन निर्यातबाट कम्बोडियाले संकलन गर्‍यो ४.३ बिलियन डलर राजस्व

नेपालखबर
पुस २६, २०८० बिहिबार १०:५९,

कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको राजस्व भित्र्याएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ।

दक्षिणपूर्वी एसियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रहरूमा झन्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनमा उल्लेख छ।

निकासीका प्रमुख कृषि वस्तुमा चामल, रबर, आँप, केरा, मरिच, काजु, मकै, पाम तेल लगायत छन्। कम्बोडियाको कृषि वस्तुका प्रमुख आयातकर्तामा चीन, भियतनाम र थाइल्याण्ड हुन्।

यसमा पनि चीन सबैभन्दा प्रमुख क्रेता रहेको इ–कमर्स प्लेटफर्म एग्रीबी, कम्बोडियाका अध्यक्ष माक चामरोउनले बताए।

कपडा, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने मुख्य स्तम्भहरूमध्ये कृषि एक हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .