ad ad

ग्लोबल


सामाजिक सञ्जालमा चर्चित ब्रुनाइका राजकुमारले १० दिने समारोहमा गरे विवाह

सामाजिक सञ्जालमा चर्चित ब्रुनाइका राजकुमारले १० दिने समारोहमा गरे विवाह

नेपालखबर
पुस २९, २०८० आइतबार १४:५७,

ब्रुनाइका राजकुमार अब्दुल मातिनले सर्वसाधारण महिलासँग विवाह गरेका छन्। उनको विवाहका लागि १० दिने शाही समारोह आयोजना गरिएको छ।

सुन्दर अनुहार र सैन्य सेवाका कारण इन्टरनेटमा लोकप्रिय रहेका ३२ वर्षीय यी राजकुमारले गत डिसेम्बरमा २९ वर्षीया याङ मुलिया अनिशा रोशनासँग ‘इन्गेजमेन्ट’ घोषणा गरेका थिए।

यो घोषणाले धेरैलाई चकित तुल्याएको थियो। यी महिला ब्रुनाइका नेता सुल्तान हसन बोल्कियाका सल्लाहकारकी छोरी रहेको बताइन्छ।

उनको आफ्नै फेसन र पर्यटन कम्पनी रहेको बताइएको छ।

विवाह समारोहमा ५ हजार पाहुना भेला भएका थिए। जसमा साउदी अरब र जोर्डनका शाही परिवारका सदस्यसहित इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर पनि सामेल थिए।

राजकुमार मातिन सुल्तानका दसौँ सन्तान हुन्। उनले राजगद्दीको उत्तराधिकार पाउने सम्भावना छैन। तर, सामाजिक सञ्जालमा उनलाई दसौँ लाखले पछ्याउँछन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .