गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।
मन्त्रालयले जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टिनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन्।
गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हने प्यालेस्टिनीको कूल सङ्ख्या २५ हजार १०५ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ६२ हजार ६८१ पुगेको छ।
51
Shares
प्रतिक्रिया