रुसको बेल्गोरोद क्षेत्रमा भएको विमान दुर्घटनाबाट कोही पनि नबाँचेको त्यहाँका गभर्नरले बताएका छन्। विमानमा ७४ जना सवार थिए।
रुसको विदेश मन्त्रालयले सो विमान युक्रेनले खसाएको दाबी गरेको छ। यसलाई विदेश मन्त्रालयले ‘असभ्य’ व्यवहार भनेको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार सो आईएल–७६ सैन्य विमानमा ६५ युक्रेनी युद्धबन्दी थिए। रुसी समाचार एजेन्सीहरुले जनाएअनुसार तिनलाई कैदी साटासाट गर्नका लागि लगिँदै थियो।
विमानमा युद्धबन्दीका अलावा ६ जना चालक दलका सदस्य र तीन जना सुरक्षा गार्ड पनि थिए। एजेन्सी
114
Shares
प्रतिक्रिया