ad ad

ग्लोबल


मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

रासस/एएफपी
माघ १९, २०८० शुक्रबार १३:४९, नैरोबी, केन्या

मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गरेका छन्। 

प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताएका छन्। 

उनले उत्तर-दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताए। 

प्रहरीका अनुसार दङ्गा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ। 

आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको सिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेसिया र बङ्गलादेशका शरणार्थी शिविरमा रहँदै आएका छन्। यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरमा छन्। 

गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बङ्गलादेश र म्यान्माबाट थाइल्यान्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन्। 

पक्राउ परेमा उनीहरूलाई सामान्यतया भीडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन्। 

मलेसियामा एक लाखभन्दा बढी रोहिङ्ग्या अवैध रूपमा स्थापित व्यावसायिक संस्था र अन्य कम तलबका काम गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .