ad ad

ग्लोबल


हंगेरीकी राष्ट्रपतिले टीभी लाइभमा आएर दिइन् राजीनामा, भनिन्- मबाट गल्ती भयो

हंगेरीकी राष्ट्रपतिले टीभी लाइभमा आएर दिइन् राजीनामा, भनिन्- मबाट गल्ती भयो

नेपालखबर
माघ २८, २०८० आइतबार ९:५०, काठमाडौँ

हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्।

गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो। 

उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो।

नोभाकले टीभीमा लाइभ आउँदै आफ्नो निर्णयप्रति पछुतो मान्दै यो माफी दिनु आफ्नो ठूलो गल्ती बताएकी हुन्। 

क्याटालिन नोभाक

माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन्। 

गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेका थिए।

गत हप्ता यी २५ कैदीको नाम सार्वजनिक गरिएको थियो।

तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको सजाय सुनाइएको थियो।

उनले बालआश्रय केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए।

यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .