जेलमा रहेका रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको मृत्यु भएको छ। उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक थिए।
रुसको जेल प्रशासनले ४७ वर्षीय नभाल्नीको मृत्यु भएको जनाएको हो।
२०२० मा उनीमाथि रासायनिक आक्रमण भएपछि नभाल्नी चर्चामा आएका थिए। उनले पुटिन र रुसको युनाइटेड रसिया पार्टीविरुद्ध विरोध प्रदर्शनहरु आयोजना गरेका थिए।
उपचारका लागि विदेश गएका उनी २०२१ मा फर्केका थिए। उनलाई तत्कालै पक्राउ गरेर विभिन्न आरोप लगाइएको थियो। त्यसयता उनी जेलमै थिए।
रुसको राष्ट्रपतीय निर्वाचन नजिक आउँदै गर्दा नभाल्नीको मृत्यु भएको हो। नभाल्नीलाई अगस्टमा १९ वर्षको कैद सजाय सुनाइएको थियो।
उनलाई अतिवादी समूह निर्माण गरेको, अतिवादीहरुलाई आर्थिक सहायता गरेको र अन्य कयौँ अपराधमा दोषी ठहर गरिएको थियो।
केही समयअघि उनका वकिलहरुले उनीसँगको सम्पर्क टुटेको बताएका थिए। डिसेम्बर २५ मा उनीसँग सम्पर्क स्थापित भएको थियो। जतिबेला उनी १ हजार माइल टाढा खार्प भन्ने स्थानमा भेटिएका थिए।
Shares
प्रतिक्रिया