ad ad

ग्लोबल


अब्दिब्काबाट फिर्ता भयो युक्रेनी सेना, जर्नेल भन्छन् : घेराबन्दीबाट बच्न पछि हट्यौँ

अब्दिब्काबाट फिर्ता भयो युक्रेनी सेना, जर्नेल भन्छन् : घेराबन्दीबाट बच्न पछि हट्यौँ

नेपालखबर
फागुन ५, २०८० शनिबार १५:२,

रुसी सेनाको घेराबन्दीबाट बच्न पूर्वी सहर अब्दिब्काबाट आफ्ना सैनिक फिर्ता गरिएको युक्रेनले जनाएको छ। यो सहरमा महिनौँदेखि लडाइँ चलिरहेको थियो। 

युक्रेनी सेनाका कमान्डर इन चिफ अलेक्सान्द्र सिर्स्कीले ‘घेराबन्दीबाट बच्न तथा सैनिकहरको जीवन रक्षार्थ’ उनीहरुलाई फिर्ता गरिएको बताएका छन्।

रुसको नियन्त्रणमा रहेको दोनेस्क सहर प्रवेश गर्ने मार्गमा अब्दिव्का पर्छ। लडाइँका कारण यो सहर पूर्ण रुपमा क्षतविक्षत भइसकेको छ। २०१४ देखि नै यहाँ लडाइँ चलिरहको छ।

मे २०२३ मा रुसी सेनाले नजिकैको बाखमुत सहर कब्जा गरेयता युद्धमोर्चामा भएको यो सबैभन्दा ठूलो परिवर्तन हो। जुन रुसी सेनाका लागि अर्को ठूलो सफता हो।

घोषित लक्ष्य हासिल गर्न नसकेका कारण युक्रेनको सैन्य नेतृत्वमाथि दबाब बढ्दै गएको छ।

हालै राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सेनापति पनि बदलेका छन्। तर, यसले युद्धमैदानमा ठूलो अन्तर नल्याउने विश्लेषकहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .