नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा गरिएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सो अभियान सुरु गरिएको हो।
आगामी सोमबारदेखि सुरु हुने महासमिति बैठकको पूर्वसन्ध्यामा यो अभियान सुरु भएको हो। पार्टी सनातन हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेका थिए।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा पनि ती नेताले पार्टी हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पूरक प्रस्ताव दर्ता गराएका थिए।
यसमा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापतिहरू छन्, जो अधिकांश सभापति देउवा पक्षधर नेताहरू नै हुन्।
केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति शेरबहादुर देउवालाई उक्त प्रस्तावपत्र बुझाएका थिए। जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीता कुमारी, दिलेन्द्र बडु, डा। डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन्। प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन्।
उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौँमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यहरूले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन्।
Shares
प्रतिक्रिया