थाइल्यान्डकाका पूर्वप्रधामन्त्री थकसिन शिनवात्रा सजाय छुट पाएर रिहा भएका छन्। रिहा भएपछि उनी बैंककस्थित घरमा पुगेका छन्।
शिनवात्रा भ्रष्टाचार र सत्ताको दुरुपयोगका दुई घटनामा दोषी पाइएपछि एक वर्षको सजाय काट्न जेल गएका थिए।
रिहा हुनुअघि उनी जेल अस्पतालमा भर्ना भएका थिए। जहाँबाट उनीलाई रिहा गरिएको हो।
तर स्वास्थ्यसम्बन्धी समस्या देखाउँदै उनले एक दिन पनि जेलमा बस्नुपरेन।
७४ वर्षका अर्बपति शिनवात्रालाई गत वर्ष अगस्ट १५ मा आत्मनिर्वासनबाट थाइल्यान्ड फिर्ता ल्याइएको थियो।
थाइल्यान्ड फर्किएलगत्तै उनलाई हिरातमा राखिएको थियो। आत्मनिर्वासनबाट आएपछि केही दिनमै उनलाई तोकिएको सजाय त्यहाँका राजाले आठ वर्षबाट घटाएर एक वर्ष कायम गरिदिएका थिए।
तर उनलाई मिलेको सजायको छुटको थाइल्यान्डमा व्यापक विरोध भएको थियो। थाइल्यान्डका मानिसहरूले देशमा धनाढ्य र पहुँचवालालाई सजायमा छुट दिएको आरोप लगाएका थिए।
Shares
प्रतिक्रिया