इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) ले इजिप्टको उत्तरी तटमा नयाँ सहर निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन्।
सहर बनाउनुको उद्देश्य पर्यटन, लगानी र विदेशी मुद्रा सञ्चिति बढाउने रहेको बताइएको छ। इजिप्टको नयाँ प्रशासनिक राजधानीमा इजिप्टका आवास मन्त्री एसेम एल–गज्जर र युएईका लगानी मन्त्री मोहम्मद अल सुवाइदीले हस्ताक्षर गरेको सम्झौताले अलेक्जान्ड्रियाको पश्चिममा १७० वर्ग किलोमिटर क्षेत्रफलको रस अल–हेक्माको विकास गर्ने बताए।
हस्ताक्षरमा सहभागी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले यो परियोजना इजिप्टको न्यु अर्बन कम्युनिटी अथोरिटी र अबु धाबी डेभलपमेण्ट होल्डिङ कम्पनीले सञ्चालन गर्ने र दुई महिनामा अर्थतन्त्रमा ३५ अर्ब अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानी भित्र्याउने बताए।
यो परियोजनामा युएई पक्षले कम्तिमा १५० अर्ब डलर लगानी गर्ने र पूरा भएपछि ८० लाख पर्यटक भित्र्याउने अपेक्षा रहेको छ। इजिप्टले देशको अर्थतन्त्रलाई टेवा दिन नयाँ ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको बेला यो सम्झौता भएको हो।
Shares
प्रतिक्रिया