गाजामा अक्टोबर ७ यता ३० हजारभन्दा बढीको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो भयानक संख्याले इजरायली नृशंसता र गाजाको मानवीय संकटको स्तरलाई देखाउँछ। इजरायली आक्रमणले गाजाको अधिकांश जनसंख्या विस्थापित गरिसकेको छ।
विश्वका सबैजसो मुलुकले युद्धविरामका लागि दबाब दिइरहे पनि अमेरिकाको आड पाएको इजरायल टसको मस भएको छैन। अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषदमा युद्धविराम आह्वान गर्दै भएका सबै मतदानमा भिटो लगाउँदै आएको छ।
इजरायलले शरणार्थी शिविर, अस्पताल, निजी आवास जताततै बमबारी गरिरहेको छ।
मारिनेमध्ये करिब ७० प्रतिशत महिला तथा बालबालिका रहेको आकलन छ।
इजरायलले करिब १० हजार हमास लडाकु मारिएको अनुमान गरेको छ।
अक्टोबर ७ मा हमासले करिब १२ सयको ज्यान जानेगरी इजरायलभित्र आक्रमण गरेपछि पछिल्लो युद्ध सुरु भएको थियो।
दशकौँदेखि प्यालेस्टिनी भूमि मिच्दै आएको इजरायलसँग प्यालेस्टिनीहरुले पटकपटक लड्दै आएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया