चीनको वार्षिक राजनीतिक जमघटमा प्रधानमन्त्री ली छ्याङले यो वर्ष पत्रकारहरुलाई सम्बोधन नगर्ने भएका छन्। यसअघि वर्षैपिच्छे आर्थिक मामिलाको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले पत्रकारसँग कुराकानी गर्ने चलन थियो।
चीनको संसद् नेसनल पिपुल्स कंग्रेस र सल्लाहकार निकाय चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको बैठक सुरु हुँदैछ। जसले चिनियाँ कम्युनिस्ट पार्टीको यो वर्षको नीति छलफल र अनुमोदन गर्नेछ।
सोमबारको एक पत्रकार सम्मेलनले चिनियाँ संसदका प्रवक्ता लु छिनचियानले प्रधानमन्त्री लीले पत्रकार सम्मेलन आयोजना नगर्ने जानकारी दिएका हुन्।
त्यस्तै, चीनको स्टेट काउन्सिल (मन्त्रिपरिषद्) र सैन्य आयोगमा रिक्त पदपूर्ति पनि नहुने देखिएको छ।
पूर्वविदेशमन्त्री छिन काङ र पूर्वरक्षामन्त्री ली साङ्फुलाई अचानक हटाइएको थियो। त्यसपछि स्टेट काउन्सिलर वाङ यीले विदेश मन्त्रालयको र दोङ चुनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
सार्वजनिक एजेन्डा स्टेट काउन्सिलमा नियुक्तिको विषय सामेल छैन। एजेन्सी
Shares
प्रतिक्रिया