पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आगामी लोकसभा चुनावका लागि तृणमूल कांग्रेसको तर्फबाट उम्मेदवारको सूची आइतबार सार्वजनिक गरेकी छन्।
उनले आइतबार कोलकातामा आयोजित ब्रिगेड र्यालीका क्रममा भाषण दिँदै आगामी लोकसभा चुनावका उम्मेदवार पनि सार्वजनिक गरेकी हुन्।
पार्टीले मुस्लिम बहुल बहरमपुर सिटबाट क्रिकेटर युसुफ पठानलाई मैदानमा उतार्ने निर्णय लिएको छ। बहरमपुर प्रदेश कांग्रेस अध्यक्ष तथा सांसद अधीर रञ्जन चौधरीको पारम्पारिक सिट हो।
महुआ मोइत्रालाई उनको पुरानो सिट कृष्णनगरबाटै फेरि टिकट दिइएको छ।
पार्टीले बशिरहाट सिटबाट नुसरत जहाको विकल्पमा हाजी नुरूल इस्लामलाई मैदानमा उतारेको छ।
कोलकाताको जादवपुर सिटमा यस पटक मिमी चक्रवर्तीको स्थानमा एक अभिनेत्री सायनी घोषलाई टिकट दिइएको छ।
मालदा उत्तर सिटमा पूर्व आईपीएस प्रसुन बनर्जी चुनाव लड्ने भएका छन्।
अभिषेक बनर्जी आफ्नो पारम्परिक डायमन्ड हार्बर सिटबाट मैदानमा उत्रिने भएका छन्।
Shares
प्रतिक्रिया