पोप फ्रान्सिसले युक्रेनलाई ‘सेतो झण्डा उचाल्ने हिम्मत जुटाउन’ सुझाव दिएपछि युक्रेन क्रुद्ध भएको छ। युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने सो मुलुकका विदेशमन्त्रीले बताएका छन्।
रुसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भइसकेको छ। यहीबेला ८७ वर्षीय पोपले स्विट्जरल्यान्डको एक च्यानलसँगको अन्तर्वार्तामा युक्रेनलाई रुससँग शान्तिवार्ता गर्न आह्वान गरेका थिए।
शनिबार प्रसारित अन्तर्वार्तामा उनले आत्मसमर्पणको सम्भावना देखाएका छन्।
‘मलाई लाग्छ, ती मान्छे सबैभन्दा बलिया हुन्, जो परिस्थिति चिन्छन्। मानिसहरुबारे सोच्नुहोस् र सेतो झण्डा उठाएर वार्ता गर्ने हिम्मत जुटाउनुहोस्,’ उनले भनेका थिए।
तर, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पोपलाई असलको पक्ष रोज्न आग्रह गरेका छन्।
‘हाम्रो झण्डा पहेँलो र नीलो छ। यही झण्डामुनि हामी बाँच्छौँ, मर्छौँ अनि जित्छौँ,’ कुलेबाले सामाजिक सञ्जालमा आइतबार लेखेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया