हाइटीका प्रधानमन्त्ती एरियल हेनरीले राजीनामा दिने बताएका छन्। उनी हाल पुर्तो रिकोमा अड्किएका छन्।
हाइटी सशस्त्र आपराधिक समूहको नियन्त्रणमा पुगेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन्। राजीनामा घोषणा गर्दै उनले हाइटीका जनतालाई शान्त रहन आग्रह गरेका छन्।
जुलाई २०२१ मा राष्ट्रपति जोभोनेल मोइजको हत्यापछि अन्तरिम रुपमा उनी मुलुकको नेतृत्वमा पुगेका थिए। तर, शान्तिसुरक्षाको अवस्था नसुध्रिएको भन्दै उनले चुनाव सारिरहे।
थुप्रैले बिनाचुनाव देशको शासन प्रधानमन्त्रीले चलाएको भन्दै प्रश्न उठाइरहेका थिए।
पछिल्लो समय राजधानी पोर्ट–ओ प्रिन्सको सडक सशस्त्र गिरोहको हातमा छ। जेल तोडेर तिनले हजारौँ कैदी मुक्त गरेका छन्।
राजधानीमा कर्फ्यु जारी छ।
प्रधानमन्त्री हेनरी हिंसासँग जुध्न विदेशी सैनिक बोलाउने कोसिसमा केन्या पुगेका थिए। तर, त्यही बेला हिंसा चर्कियो। अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि उनको स्वदेश फर्किने योजना पनि सफल भएन।
त्यसपछि उनले राजीनामा दिएका हुन्। एजेन्सी
Shares
प्रतिक्रिया