यसअघि संकटमा रहेको बोइङको अर्को जहाज उडानमै रहँदा एउटा बाहिरी हिस्सा उप्किएको छ। युनाइटेड एयरलाइन्सको ७३७–८०० विमानमा यस्तो घटना भएको हो।
सो विमान शुक्रबार अमेरिकाको मेडफोर्ड विमानस्थलमा अवतरण गरेको थियो। विमानमा १३९ यात्रु र ६ जना चालक दलका सदस्य थिए।
तर, विमान अवतरणपछि निरीक्षण गर्दा त्यसको एउटा हिस्सा हराएको पाइएको थियो। सो हिस्सा खोज्न केहीबेर विमानस्थलमा उडान रोकिएको थियो।
परीक्षणपछि मर्मत गरेर विमानलाई सेवामा फर्काइने एयरलाइन्सले जनाएको छ।
सो विमान १९९८ मा बनेको थियो।
पछिल्लो समय बोइङ निरन्तर यस्तो समस्याबाट गुज्रिरहेको छ। जनवरीयता अनेक पटक विमानको हिस्सा फुटेर निस्किने र सन्तुलन गुम्ने घटना भएका छन्। एजेन्सी
846
Shares
प्रतिक्रिया