अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आफ्नो भूमिमा हवाई हमला भएको जनाएको छ।
तालिबानका अनुसार यो हवाई हमलामा कम्तीमा पनि ८ जना सर्वसाधारण मारिएका छन्। मारिनेमा महिला र बालबालिका छन्।
अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार हवाई हमलापछि सीमावर्ती इलाकामा तालिबान र पाकिस्तानी बलबीच झडपमा भएको जनाएको छ।
गोलाबाका क्रममा पाकिस्तानका तीन जवान पनि घाइते भएको समाचार छ।
यस पूरै घटनामा अहिलेसम्म पाकिस्तानले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर केही जानकारहरूले यसलाई पाकिस्तानीको जवाफी कारबाहीका रुपमा ब्याख्या गरेका छन्।
खासमा एक हप्ताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानले जवाफी कारबाहीको चेतावनी दिएको थियो।
पाकिस्तानले त्यसबेला अफगानिस्तानमा लुकेर बसेका चरमपन्थीको समूहले आफ्नो सुरक्षा बलमाथि हमला गरेको जनाएको थियो। तर अफगानिस्तानले यस आरोपको खण्डन गरिरहेको छ।
Shares
प्रतिक्रिया