अमेरिकी वायुसेनाले प्रशान्त क्षेत्रमा हाइपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ। आफहरु हाइपरसोनिक हतियारको दौडमा चीनभन्दा ज्यादा पछि नरहेको सन्देश दिन प्रशान्त क्षेत्रमा यो परीक्षण गरिएको विश्लेषकहरुको राय छ।
मार्च १७ का गुआम टापुबाट उडेको दिन बी–५२ बमवर्षक विमानले सो क्षेप्यास्त्र प्रहार गरेको थियो।
अल अप राउन्ड एजीएम–१८३ए नाम दिइएको यो विमान मार्सल आइल्यान्डमा परीक्षण गरिएको बताइएको छ।
यसअघि अमेरिकाले मुख्यभूमिमा मात्रै सो हतियार परीक्षण गरेको थियो।
हाइपरसोनिक हतियार प्रतिघण्टा ४ हजार माइलको गतिमा उड्ने गर्छ। जसका कारण तिनलाई रोक्न कठिन हुन्छ।
अमेरिकी अधिकारीहरुले यसअघि आफूहरु यो हतियारमा चीन र रुसभन्दा पछि परेको स्वीकारेका थिए। चीनले २०१४ देखि नै यो हतियार परीक्षण गर्दै आएको छ। २०२१ मा चीनले यसको सफल परीक्षण गरेको थियो।
रुसले पनि जिर्कोन हाइपरसोनिक क्रुज क्षेप्यास्त्र युक्रेनमा प्रहार गरिसकेको छ।
उत्तर कोरियाले पनि यो हतियार विकास गरिरहेको बताइन्छ। एजेन्सी
Shares
प्रतिक्रिया