जर्मनीले सोमबार अप्रिल १ देखि देशमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएको छ।
बीबीसीका अनुसार अब जर्मनीमा गाँजाको प्रयोग गैरकानुनी छैन, तर यो सरकारले तोकेको नियमभित्र हुनुपर्छ।
देशमा हुने गाँजाको कालोबजारी अन्त्य गर्न जर्मन सरकारले यस्तो निर्णय गरेको हो।
यो निर्णयपछि अब जर्मनीमा १८ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिले २५ ग्रामभन्दा बढी गाँजा राख्न सक्नेछन्।
नयाँ नियमअनुसार अब प्रतिघर तीनवटा गाँजा रोप्ने अनुमति पाएका छन्।
तर, विद्यालय, खेलकुद केन्द्र वा हिँड्ने बाटोमा बिहान ७ बजेदेखि राति ८ बजेसम्म गाँजाको प्रयोग गर्न पाइने छैन।
यसका साथै साउन १ गतेदेखि बढीमा ५ सय जनासम्मको उत्पादक संघ वा सामाजिक क्लब खोल्न पनि अनुमति दिइएको छ ।
यस संघ वा क्लबको उद्देश्य नाफा कमाउने उद्देश्य बिना गाँजा उत्पादन र वितरण हुनेछ।
तर, यसका सदस्यहरूको न्यूनतम उमेर १८ वर्ष हुनुपर्नेछ।
Shares
प्रतिक्रिया