इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायानले आफ्नो देशले इजरायलविरुद्ध आक्रमण गर्दै छ भनेर आफ्ना छिमेकी र सहयोगी राष्ट्रहरूलाई पहिल्यै जानकारी गराएको बताएका छन्।
उनले भने, ‘हाम्रो अपरेसनको करिब ७२ घण्टाअघि नै हामीले इजरायलविरुद्ध इरानको कारबाही निश्चित, अपरिवर्तनीय र कानुनी छ भनेर हाम्रा मित्र र छिमेकीहरूलाई जानकारी गराएका थियौँ।’
उनले विदेशी कूटनीतिज्ञहरूसँगको भेटका क्रममा इरानले इजरायलविरुद्धको आक्रमणबारे अमेरिकालाई पनि जानकारी गराएको र यो ‘सीमित’ आक्रमण हुने र यसको उद्देश्य आत्मरक्षा भएको भनेर बताएको दाबी गरेका छन्।
इजरायलले अमेरिकाको सहयोगमा इरानको हमालविरुद्ध तयारी गरेको थियो। उसले यसका लागि इजरायल र अमेरिकाको उन्नत रक्षा प्रणाली तैनाथ गरिएको जानकारी पहिल्यै पाएको थियो।
744
Shares
प्रतिक्रिया