बेलायतको संयुक्त सेना कमान्डका पूर्व कमान्डरले यस वर्ष युक्रेनले रुससँग युद्ध हार्ने दाबी गरेका छन्।
बीबीसीका अनुसार जनरल सर रिचर्ड ब्यारन्सले यस वर्ष युक्रेनले युद्ध हार्ने गम्भीर जोखिम रहेको बताएका हुन्।
उनले भने, ‘जब युक्रेन यस्तो बिन्दुमा पुग्छ जतिबेला मानिसहरू भन्न थाल्नेछन्– अझै किन लड्नु र मर्नु केवल जोगाउन नसकिने चिजको रक्षा गर्न?’
तर, युक्रेन अहिले त्यो बिन्दुमा पुगिसकेको छैन।
तर युक्रेनी सेनासँग गोलाबारुद, सैनिक र हवाई सुरक्षाको निकै कमी छ। गत वर्ष युक्रेनको प्रतिआक्रमण रुसीहरूलाई आफ्नो कब्जामा रहेको भूमिबाट हटाउन असफल भयो।
99
Shares
प्रतिक्रिया