अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मका आधारमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ।
अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाका क्रममा विशप, एक पादरी र अन्यलाई चक्कुले आक्रमण गरिएको थियो।
यस मामिलामा एक १६ वर्षीय किशोर पक्राउ परेका छन्।
घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ। तर, उनीहरूको ज्यान जोखिममा छैन। घटनामा आक्रमणकारी पनि घाइते भएका छन्।
सिड्नीको उपनगर वेकेलीमा रहेको उक्त चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेका बेला चक्कु आक्रमण भएको थियो। त्यसको पनि प्रत्यक्ष प्रसारण भएको थियो।
घटनापछि सयौं मानिस चर्च बाहिर जम्मा भएका थिए र प्रहरीसँग झडप भएको थियो।
सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ।
यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ६ जनाको ज्यान गएको थियो।
Shares
प्रतिक्रिया