जम्मु कश्मिरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ। यो दुर्घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा भएको हो।
बीबीसीका सहयोगी पत्रकार माजिद जहाँगिरले श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेको बताएका छन्।
श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार घाइते सात जनालाई अस्पतालमा ल्याइएको थियो, तीमध्ये चार जनाको मृत्यु भएको हो। तीन जनाको भने उपचार जारी छ।
एसडीआरएफ टोली घटनास्थलमा छ र धेरैलाई उद्धार गरिएको छ। तर, खोजी तथा उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
उक्त डुंगामा केही बालबालिका समेत रहेको स्थानीयले बताएका छन्।
33
Shares
प्रतिक्रिया