ad ad

ग्लोबल


जबलियामा इजरायली सेना र हमास लडाकुबीच भीषण युद्ध, प्यालेस्टिनीहरूको भागाभाग

जबलियामा इजरायली सेना र हमास लडाकुबीच भीषण युद्ध, प्यालेस्टिनीहरूको भागाभाग

नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:१२, काठमाडौँ

उत्तरी गाजाको जबलियामा इजरायली सेना र हमास लडाकुबीच भीषण लडाइँ भइरहेको छ।

युद्धका कारण भागेका मानिसले जबलियाको शरणार्थी शिविरतर्फ ट्यांकरहरू सरेको देखेको बताएका छन्।

जबलियामा शनिबारदेखि भारी बम विस्फोट भइरहेको छ। 

बीबीसीका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले यहाँ शरणार्थी शिविरहरूमा इजरायली सैनिकहरूसँग लडिरहेको बताएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले हालसम्म ३ लाख ६० हजार मानिस राफाहबाट भागेको जनाएको छ।

गत हप्ता इजरायलले यहाँ आफ्नो कारबाही तीव्र पारेको थियो।

इजरायली सेनाले रफाहलाई खाली गर्न भनेको थियो। कम्तीमा १० लाख प्यालेस्टिनी शरणार्थी यहाँ बसिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .