ad ad

ग्लोबल


५ वर्षपछि बेलायती जेलबाट छुटे विकिलिक्सका संस्थापक जुलिअन असान्ज

५ वर्षपछि बेलायती जेलबाट छुटे विकिलिक्सका संस्थापक जुलिअन असान्ज

जुलिअन असान्ज


नेपालखबर
असार ११, २०८१ मंगलबार १०:१, काठमाडौँ

पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन्। 

बीबीसीका अनुसार एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्। 

अमेरिकी प्रशासनसँगको सम्झौतापछि लन्डन उच्च अदालतबाट धरौटीमा रिहा हुन पाएका हुन्। 

५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो।

अदालतको पत्रअनुसार जुलिअन अस्ट्रेलिा फर्किनेछन् ।

‘जुलिअन असान्ज स्वतन्त्र छन्’, विकिलिक्सले सोसल मिडिया प्लेटफर्म एक्समा भनेको छ, ‘१९०१ दिनको कारावास पछि उहाँ जुन २४ (सोमबार) बिहान बेलमार्स जेलबाट बाहिर निस्कनुभयो। उनले लन्डन उच्च अदालतबाट जमानत पाए।’ 

विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासका कारण जुलिअन असान्ज रिहा हुन सफल भएको विकिलिक्सले उल्लेख गरेको छ। 

असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन्। उनले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .