ad ad

ग्लोबल


बंगलादेशमा सबैभन्दा धेरैलाई फाँसी दिएका जल्लादको मृत्यु

बंगलादेशमा सबैभन्दा धेरैलाई फाँसी दिएका जल्लादको मृत्यु

नेपालखबर
असार ११, २०८१ मंगलबार १९:६,

बंगलादेशमा सबैभन्दा ज्यादा मानिसलाई झुण्ड्याएर चर्चामा आएका जल्लादको मृत्यु भएको छ। उनले आफ्नो जीवनकालमा सिरियल किलरदेखि राजनेताहरूसम्मलाई समान रुपमा मृत्युदण्ड दिएका थिए।

र, यसबारे उनले किताब पनि लेखेका थिए।

उनी हुन् शाहजहाँ भुइयाँ। ७४ वर्षको उमेरमा उनको मृत्यु भएको हो। 

सोमबार छाती दुखेपछि उनी ढाकास्थित एक अस्पतालमा भर्ना भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भुइयाँले कम्तीमा २६ जनालाई फाँसी दिएको बताइन्छ। तर, कतिपयले त्यो संख्या ६० हाराहारी भएको दाबी पनि गरेका छन्।

पूर्वक्रान्तिकारी भुइँयाँलाई लुटपाट र हत्या मुद्दामा ४२ वर्षको जेल सजाय सुनाइएको थियो। जेलमा रहँदै उनले जल्लाद पेसा अपनाएका थिए।

जसको बदलामा उनको जेल सजाय १० कटौती गरिएको थियो। र, गत वर्ष मात्र उनी छुटेका थिए।

बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता तथा संस्थापक नेता शेख मुजिबुर रहमानको हत्यामा संलग्न सैन्य अधिकारीहरूलाई पनि भुइयाँले नै फाँसी दिएका थिए।

त्यस्तै युद्ध अपराधमा दोषी ठहर भएका अली एहसान मुजाहिद र सलाहुद्दिन कादिर चौधरी तथा सिरियल किलर एर्शाद सिक्दरलाई पनि उनैले झुण्ड्याएका थिए।

उनले आफ्नो कामको बचाउ पनि गरेका थिए। ‘मैले नझुण्ड्याए अरु कसैले झुण्ड्याउँथ्यो,’ उनले भनेका थिए।

आफ्ना अनुभूति र फाँसीको प्रक्रियाको विस्तृत वर्णन गरिएको उनको पुस्तक यसैवर्ष बजारमा आएको थियो। जसले राम्रै चर्चा पाएको थियो।

जेलबाट छुटेपछि उनले आफूभन्दा ५० वर्ष कान्छी केटीसँग केही समयलाई विवाह गरेका थिए। तर, विवाहपछि उनीमाथि कानुनी कारबाही गरिएको थियो। बीबीसी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .