जेलबाट जमानतमा निस्केका झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन पुनः मुख्यमन्त्री बन्ने भएका छन्।
वर्तमान मुख्यमन्त्री चम्पई सोरेनले उनका लागि पद खाली गर्दै राजीनामा दिएका छन्।
राजीनामा बुझाएसँगै राँचीस्थित राजभवन पुगेर हेमन्त सोरेनले नयाँ सरकार गठनको दाबी पेस गरेका छन्।
यो वर्षको सुरुमा हेमन्त सोरेनलाई जग्गासम्बन्धी मुद्दामा ईडीले गिरफ्तार गरेको थियो। गिरफ्तारीअघि सोरेनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसको केही समयपछि चुनावको मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका थिए। तर, उनले राजीनामा दिएनन्।
चुनावअघि विपक्षीलाई कमजोर पार्न नरेन्द्र मोदीको सरकारले यो चाल चलेको आरोप लागेको थियो। जसको असर चुनाव पनि देखियो र मोदीको भाजपाले एकल बहुमत गुमायो।
जुन २८ का अदालतले सोरेनलाई जमानत दिएको थियो। एजेन्सी
126
Shares
प्रतिक्रिया