ad ad

ग्लोबल


फ्रान्स : चरम दक्षिणपन्थीलाई रोक्न वामपन्थी, समाजवादी, कम्युनिस्ट र त्रोत्स्कीपन्थी उभिए एक ठाउँमा

फ्रान्स : चरम दक्षिणपन्थीलाई रोक्न वामपन्थी, समाजवादी, कम्युनिस्ट र त्रोत्स्कीपन्थी उभिए एक ठाउँमा

नेपालखबर
असार २४, २०८१ सोमबार १३:५८,

केही दिनअघिसम्म फ्रान्सको चरम दक्षिणपन्थी पार्टी नेसनल र्‍याली (आरएन)ले ५७७ मध्ये ३०० हाराहारी सिट जित्ने प्रक्षेपण गरिएको थियो। सोही अनुसार आइतबारको दोस्रो चरणको चुनावपछि सो पार्टीको मुख्यालयमा खुसियाली मनाउन स्याम्पेन तयार राखिएको थियो।

तर, स्याम्पेनका ती बोतल खुल्न पाएनन्। बहुमत ल्याउने, नभए पनि पहिलो हुने अपेक्षा गरिएको आरएन तेस्रो हुने एक्जिट पोलहरूले देखाए। सो पार्टीको मुख्यालयमा रहेको खुसीको माहौल एकैछिनमा दुःखमा बदलियो।

किनकि फ्रान्सेली मतदाताले एकपटक फेरि अति दक्षिणपन्थीहरूलाई सत्तामा देख्न नचाहेको स्पष्ट पारेका छन्।

सबैभन्दा बढी सिट वामपन्थी गठबन्धनले जित्ने देखिएको छ। जसले १८२, म्याक्रोनको मध्यपन्थी गठबन्धनले १६८ र आरएनले १४३ सिट जित्ने प्रक्षेपण छ।

सबैभन्दा बढी सिट जितेको न्यु पपुलर फ्रन्टमा अनेकौँ पार्टीहरू छन्। जसमा चरम वामपन्थी, समाजवादी, पर्यावरण संरक्षण गर्ने इकोलोजी पार्टी, फ्रेन्च कम्युनिस्ट पार्टी, त्रोत्स्कीको विचारधारा अवलम्बन गर्ने प्लेस पब्लिकसहितका पार्टी छन्।

यो मोर्चाको नेतृत्व ज्याँ लुक मेलाङ्कोँ नामक ७२ वर्षीय नेताले गर्छन्।

यस्तो नतिजासँगै आरएनका २८ वर्षीय प्रमुख जोर्डन बार्डेलाको प्रधानमन्त्री सपना हाललाई तुहिएको छ नै मरिन ल पेन पनि २०२७ मा सहजै राष्ट्रपति बन्न नसक्ने संकेत देखिएको छ।

अर्कोतिर त्रिशंकु संसदका कारण कसैसँग बहुमत छैन। जसका कारण अबको प्रधानमन्त्री को हुने भन्ने अन्यौल छाएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .