ad ad

ग्लोबल


गोलान हाइट्समा रकेट आक्रमण भएपछि अमेरिका भ्रमण बीचमै छाडेर फर्किए नेतान्याहु

आउनासाथ राखे सुरक्षा मन्त्रिपरिषद्को बैठक
गोलान हाइट्समा रकेट आक्रमण भएपछि अमेरिका भ्रमण बीचमै छाडेर फर्किए  नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
साउन १४, २०८१ सोमबार ७:५६, काठमाडौँ

इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छोडेर स्वदेश फर्किएका छन्। 

आउनासाथ उनले सुरक्षा मन्त्रिपरिषद्को बैठक राखेको बीबीसीले जनाएको छ। 

बैठकले प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई लेबनानी चरमपन्थी संगठन हिजबुल्लाहविरुद्ध कारबाही गर्न अधिकार दिएको छ। 

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गोलान हाइट्समा रकेट प्रहार हिजबुल्लाहले नै गरेको संकेत रहेको बताएका छन्। 

शनिबार गोलान हाइट्सस्थित फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ जनाको मृत्यु भएको थियो। मारिनेमा अधिकांश बालबालिका छन्।

आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका थिए। त्यसको केही घन्टापछि इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गर्‍यो।

गत अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि हिजबुल्लाहसँग तनाव बढ्दै गएको छ र त्यसको जवाफमा इजरायलले गाजामा निरन्तर सैन्य कारबाही गरिरहेको छ।

इजरायल र हिजबुल्लाहबीच घोषित युद्धको खतरा लगातार बढिरहेको छ र उक्त युद्ध भयो भने यो सम्पूर्ण मध्यपूर्वमा फैलिने डर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .